बाँकेको नेपालगंजमा विपत्तको समयमा उद्धारका लागि आवश्यक पर्ने सामाग्रीहरुको विक्री केन्द्र संचालनमा आएको छ । सुर्खेत रोड पुष्पलाल चोक स्थिति वटरपार्कको गेट नजिकै सोमबार देखि केन्द्रको उद्घाटन नेपालगंज उपमहानगरपालिकाका उपप्रमुख कम्मरुद्धिन राईद्धारा उद्घाटन गरी संचालनमा ल्याइएको हो । मुस्कान अर्डर एण्ड सप्लायर्सको नामले संचालनमा आएको उद्धार सामाग्री पाउने केन्द्रमा आपतकालिन उद्धार सामाग्री तथा विपदका सबै समानहरु राखिएको संचालक नुरशाह कवाडियले जानकारी दिइन । यस्तै गरी केन्द्रका संरक्षक समेत रहेको मुस्ताक अलि राईले केन्द्रमा सुरक्षाका सबै प्रकारका समाग्रीहरु उपलब्ध गराईने बताउँदै भने,‘पछिल्लो समय बजारमा पाइने उद्धारका सामाग्री सहज रुपमा उपलब्ध नहुने र उपलब्ध भए पनि गुणस्तरमा शंका गर्नु पर्ने अवस्था सृजना भएको अवस्थामा हामीले भरपर्दो र सहज रुपमा विक्री वितरणका लागि केन्द्र संचालनमा ल्याएको छौ ।भारतीय लगानी कर्ताहरुको समेत संलग्नता रहेको हुदाँ सामाग्रीको सहज उपलब्धता र गुणस्तरमा शंका गर्न नपर्ने गरी हामीले सेवा दिने छौ ।’ यसैगरी कार्यक्रमको उद्घाटनका क्रममा बोल्दै नेपालगंज उपमहानगरपालिका उपप्रमुख कम्मरुद्धिन राईले भने,‘नेपालगंज मध्य र सुदुरपश्चिमको व्यवसायी केन्द्र हो ,यहाँ यस्तो प्रकारको केन्द्र संचालनमा आउनु निकै राम्रो हो, कमसल भन्दा पनि गुणस्तरीय सामाग्रीहरुको उपलब्ध भएको स्थानियत तह देखि लिएर छिमेकी जिल्लाहरुमा समेत सामाग्रीहरुको माग बढ्न सक्छ,त्यसरी नै केन्द्रले काम गर्नु पर्दछ ।’ उद्धार सामाग्री विक्री केन्द्रमा सुरक्षित हेलमेट एवं फेस सिल्ड,आँखा सुरक्षा सामाग्री,कानको सुरक्षा सामाग्री,हातका लागि पञ्जाहरु,उद्धारका बेला लगाउने पञ्जा,हेलमेट,फेस सिल्ड,आखाँको सुरक्षाको सामाग्री,कानको सुरक्षा सामाग्री,जुत्ताहरु,कपडाहरु ,सडक सुरक्षा लागि आवश्यक पर्ने समाग्री लगायतका विभिन्न उद्धार सामाग्रीहरु राखिएको छ । नेपालगंजमा संचालनका ल्याइएको उद्धार सामाग्री विक्री केन्द्रले अन्य छिमेकी जिल्लामा समेत आफ्नो शाखाहरु विस्तार गरेको बताइएको छ । केन्द्रमा सस्तो र भरपर्दो सामाग्रीहरु पाइने हुदाँ सबैको रोजाईमा पर्ने संचालकको विश्वास रहेको छ ।
हामीसँग जोडिनुहोस्
सिफारिस











