spot_img
Saturday, September 7, 2024
Homeकला/साहित्यउत्कृष्ट सेवा दिदै सिने रोयल

उत्कृष्ट सेवा दिदै सिने रोयल

spot_img

मनोरञ्जन पनि मानिसको एक आवश्यकतमा पर्छ भन्ने कुरा बाँकेको नेपालगंजमा एकवर्ष अघि मात्रै संचालनमा आएको चलचित्र मन्दिरले पुष्टि गरेको छ ।नेपाली तथा हिन्दि फिल्महरुलाई सर्वाधिक दर्शकहरुको रुचाईको फिल्म बनाउन सफल हुदाँ वास्तवमा चलचित्र मन्दिरको महत्व पुष्टि भएको हो ।
बाँके जिल्ला नेपालगंज सुर्खेत रोडमा संचालनमा रहेकोे सिने रोयलले आफ्नो एक वर्ष पुरा गर्दै गर्दा आम्दानीको हिसाबले ‘गदर २’ सर्वाधिक आम्दानी गर्ने र ‘परदेशी २’ ले नेपाली सिनेमाहरुमध्ये सर्वाधिक कमाई गर्ने सुचिमा परेको थियो भने ‘महाजात्रा’ले ५१ दिन लगातार दर्शकको मन जित्न सफल भएको थियो ।
नेपाली मात्रै नभै भारतीय दर्शक समेतको मन जित्न सफल भएको सिने रोयलले आधुनिकतालाई पुर्ण रुपमा पछ्याएको पाइन्छ । सिनेरोयलका निर्देशक रितेश श्रेष्ठले आफ्नो वार्षिकोत्सवको अवसरमा दर्शकहरुको सहजताका लागि मोबाइल एप सार्वजनिक गर्दै भने,‘हामीले दर्शकको मनोरञ्जनका विभिन्न कार्यक्रमहरु ल्याएका छौ,लक्की ड्र मार्फत यति एयरलाइन्सको पर्वतीय उडान,विभिन्न छुटहरुको व्यवस्था गरेका छौ ।’

यसैगरी सिने रोयलका बजार व्यवस्थापक सौगात विक्रम शाहले सार्वजानिक एपको बारेमा बताउँदै भने, यस एपमार्फत अबको एक सातासम्म सिनेरोयलमा कुनैपनि सिनेमाको टिकट खरिद गर्ने दर्शकलाई लक्की ड्र मार्फत यति एयरलाइन्सको पर्वतीय उडान जित्ने मौका समेत रहनेछ । अबको दुई दिनसम्म टिकट खरिद गर्ने दर्शकका लागि नेपालगन्जस्थित वल्र्डलिंकले बिभिन्न प्याकेजमा २५ प्रतिशतसम्म छुट दिने छ ।’

यसैगरी सिनेरोयलका संस्थापक डा. विनोद थापाले पहिलो बार्षिकोत्सव विभिन्न आकर्षक प्याकेजसहित मनाउन पाएकामा खुसी व्यक्ति गरे । हाडजोर्नी विशेषज्ञ डा.थापाका छोरा डा.राहुलको परिकल्पनाको प्रतिफलका रुपमा संचालनमा आएको सिनेरोयल पश्चिम नेपालमा स्तरीय साउण्ड प्रणाली र प्रविधियुक्त रहेको छ ।गत वर्ष साउन ११ गते सुरु भएको सिने रोयल पछिल्लो समय पश्चिम क्षेत्रमा राम्रो नाम कमाउन सफल भएको छ ।

वार्षिक उत्सवमा पुगेका चलचित्र पत्रकार संघ बाँकेका अध्यक्ष रामचन्द्र पौडेलले सिने रोयलको प्रगतिको शुभकामना दिदै भने,‘हामीले नेपाली चलचित्रलाई माया गर्नुका साथै नेपाली सिनेमा घरमा आएर फिल्म हेर्दिनु पर्छ किनभने यो हाम्रो मनोरञ्जनमात्र नभै नेपाली चलचित्र तथा चलचित्र मन्दिरलाई थप राम्रो गर्न हौसला दिनु हो ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here