बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नं.१ नन्दनी मिलको पछाडि बस्ने ३६ वर्षिय जुट बहादुर जिसी दिघ्र रोगले थला परेको दुई महिना बढि भैसकेको छ । प्युठान मुलघर भई २२ वर्ष देखि बाँकेको नेपालगंजमा बस्दै आएका जिसीको दुवै मृगौलामा समस्या देखिदा आर्थिक अभावका कारणले उपचार गराउन नसक्दा थला परेको हुन । घरमा आम्दानीका स्रोतका रुपमा रहेका जिसी नै रोगले थला पर्दा पुरा परिवार आर्थिक अभावले तनावग्रस्त बनेको छ । र्दुइ छोरा मध्ये जिसीका १३ वर्षका छोराले विद्यालय छोडेर परिवार पाल्नका लागि आम्दानीको स्रोत बन्न बाध्य भएको छन भने अर्का छोरा ३ वर्ष पुगेका छन ।
किड्नीका विरामी जिसीको शरीर पुरै सुन्निएको छ । जिसीका श्रीमती चित्रा जिसी रोगी श्रीमान जिसीको हेरचाह,दिशापिशाब लगायतका सहयोग गर्नु पर्ने बाध्यता रहेको हुदाँ घर छोडेर कतै जाने अवस्था छैन । दुवै मृर्गौलाले काम गर्न छोडेपछि एक डेढ महिनादेखि अस्पतालमा उपचार भैरहेको भएता पनि अहिले असार २५ गतेबाट खुट्टाले हिड्न सक्ने अवस्था छैन ।केही महिना अघि सेकुरेटी गार्डमा नोकरी गर्दै आएका जिसीमा मृगौलाको समस्या देखिएका पछि उपचारका क्रममा करिब ३ देखि ४ लाख सम्म सकियो ।निजी अस्पतालमा उपचार क्रममा शरीरबाट १५ लिटर जती पानी निकालिएको र बाँकेको भेरी अस्पातालमा उपचार गराउँदा खजुरा स्थिति क्यान्सर अस्पतालमा उपचारको लागि रिफर भएको जिसी बताउँ छन ।पछि उपचारमा खर्च जुटाउँन नसक्दा साउँन १६ गते देखि घरमै थला परेर बसेको विरामी जिसीकी पत्नी चित्रा जिसीले जानकारी दिइन ।यसैगरी नेपालगंज सुर्खेत रोड बर्दिया जाने रोडको नन्दनी मिलको पछाडी वडा नं.१ मा बस्दै आएको जिसीका परिवारले आर्थिक सहयोग जुटाई दिन समेत अनुरोध गरेका छन जसको लागि फोन नम्बर ९७०३१२५७२० र ९७००२५३८९६ रहेको छ ।
00
हामीसँग जोडिनुहोस्
सिफारिस











