spot_img
Monday, September 16, 2024
Homeब्यानरआज जनैपुर्णिमा

आज जनैपुर्णिमा

spot_img

श्रावण, शुक्ल पक्षमा पर्ने पुर्णिमाका दिन मनाइने चाड हो रक्षा बन्धन । नेपाली मुल्य मान्यता अंनुसार चाडपर्वहरु मध्येको एक विशिष्ट र वैदिक सनातन धर्मको महत्वपुर्ण चाड हो रक्षाबन्धन (जनैपुर्णमा )नेपाली परिवेशमा साउन महिना देखि विभिन्न विशेषता र महत्व बोकेका चाडपर्वहरु साथै खुसीयालीका पर्वहरुको आगमन हुने गर्दछ ।
जनैपुर्णिमा भने धागो र बन्धनको चाड हो । जनैपुर्णिमा नेपाली, संस्कार र संस्कृति अनुसार जनैपुर्णिमा पुरुषहरुको महान चाड हो । यस दिन पुरुष वर्गहरुले आफ्नो धर्म भित्र रहेर आफ्नो नित्य कर्म आदि जस्ता कार्य गर्ने गर्दछन् ।
यस दिन पुरुषहरुले हिन्दु परम्परा अनुसार जनै लगाउने चलन रही आएको छ । बाल्य अवस्थामा पुरुषवर्गहरुमा विधिपुर्वक ब्रतवन्ध गर्ने चलन रहेको छ । यस ब्रतवन्ध कर्म सम्पन्नका लागी गरिने कार्य हो ।
ब्रतवन्धमा गुरुपुरोहितहरुले अरुले नसुन्ने गरी कानमा गायत्री मन्त्रको उच्चारण गर्न लगाई एउटा धर्म र सत्यको बाटो अवलम्बन गरी दृढ संकल्प लिएर देब्रे काँधमाथी पर्ने गरी दाहिने हातको मुन्तिर पारेर गुरुहरुले मन्त्रेर तयार पारेको जनै ग्रहण गरिन्छ । यसरी मन्त्रेको जनै ६ वटा काचो धागो ६ सुते धागो लाई दुई बेग्ला बेग्लै गाँठो पारीसकेपछि सबैलाई एकै ठाउँमा राखेर तयार पारीन्छ । यसरी तयार पारीएको जनै बार्षिक रुपमा आजकै दिनमा परिवर्तन गर्ने चलन रहीआएको छ ।
जनैको शिखा मा रहेका तीन डोरालाई ब्रह्मा ,विष्णु , र महेश्वर भनिन्छ । परापुर्वक कालमा काँचो धागोले दानवहरुको महान राजा वलिलाई बाँधिएको थियो ,यसरी वलिलाई त्यही धागोले बाधेर , यो रक्षा बन्धनले तिम्रो सदैव रक्षा गर्नेछ भनि बाँधिएको थियो ।
पौराणीक मान्यताका आधारमा चलेको रक्षा बन्धनको परम्परा आज पनि प्रचलित रहेको छ । यसरी रक्षा बन्धनमा बाँधिएको धागोलाई लक्ष्मी पुजाका दिन गाईको पुच्छरमा बेरीदिने चलन पनि रहेको छ । रक्षा बन्धनका दिन बाँधिएको धागोलाई गाईको पुच्छरमा बाध्दा हिन्दु परम्परा अनुसार पुण्य प्राप्त हुने विश्वास पनि रहीआएको छ ।
यसै दिन दिदि बहिनीले आफ्नो दाजु भाईको हातमा सुस्वास्थ र दिर्धायुको कामना गदै सफलताका लागी पनि रङ्गीचङ्गी राखी लगाइदिने चलन चल्ती आएको छ ।
नेपालको तराई क्षेत्र लगायत भारतमा बढि यो राखीको चलन र यस चाडको महत्व एकदमै बढि रहेको छ । आजकै दिन कतिपयले आफ्नै गुरु पुरोहित बाट र मठमन्दिरमा गएर रक्षाबन्धन बाध्ने गर्दछन् । यस दिन बा्रहमणहरुले नुवाई धुवाई गरेर गरेर पुजा पाठ गरी सकेपछि पवित्र धागो रक्षा बन्धन बोकेर आफ्नो जजमानका गएर रक्षा बन्धन बाधेर टिका लगाईदिने चलन रहेको छ । बदलामा बा्रहमणलाई दक्षिण दिने गरिन्छ ।
नेपाली समाजमा आजकै दिनमा ज्वाँई ससुराली गएर ससुराको हातबाट जनै फेर्ने चलन पनि प्रचलित रहेको छ । खासगरी आज काठमाण्डौ पशुपतिनाथ,भक्तपुरको कुम्भेश्वर महादेव रसुवाको गोसाँईकुण्ड , जनकपुरको गङ्गासागर ,धनुषसागर ,सोलुखुम्बुको दुधकुण्ड ,खोटाङको हलेसी ,जुम्लाको दानसाधु ,पर्वतीय शिखर ,महादेवस्थान र त्रिवेणीधामहरुमा मेला लाग्ने गर्दछ । यसर्थ आफ्नो धर्म अनुसार ब्रतवन्ध गरिसकेका पुरुषवर्गहरुले आजका दिनमा जनै फेर्ने गर्दछन् । यस पवित्र रक्षा बन्धनमा नेपाली सम्पुर्ण दाजु भाई तथा दिदि बहिनीहरुले पवित्र रक्षाको धागो आफ्नो नाडीमा बाध्ने गर्दछन ,आफ्ना गुरु वर्गहरुबाट विभिन्न मन्त्रको प्रयोग गरेर रक्षा बन्धनको पवित्र धागो हातमा बाध्ने गरिन्छ ।
यस रक्षा बन्धनको अवसर पारेर नेपाली समाजमा क्वाटी खाने प्रचलन पनि रहेको छ । क्वाँटी एक विशेष परिकार रुपमा लिईन्छ रक्षा बन्धनका दिन क्वाँटी गेडागुडी मिश्रित तरकारी हो यस दिनका लागी २ दिन अगाडी देखि नै ९ थरीका गेडागुडी मिसाएर पानीमा भिझाएर टुसा उमारेर पकाउने गरीन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here