spot_img
Friday, September 20, 2024
Homeब्यानरआगामी २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन

आगामी २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन

spot_img

सरकारले आगामी २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने निर्णय लिएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय लिएको हो ।

एकजना मन्त्रीका अनुसार बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकले २०७९ बैशाख ३० मा ७५३ वटै स्थानीय तहमा एकैपटक निर्वाचन गर्ने निर्णय गरेको हो । निर्वाचन आयोगले यसअघि जेठ ४ गते एकै चरणमा निर्वाचन गर्न प्रस्ताव गरेको थियो ।

तर सरकारले सोमबार आयोगसँग छलफल गरेर ३० वैशाखमै स्थानीय तह निर्वाचन मिति तोकेको हो । निर्वाचन आयोगले जेठ ५ मा स्थानीय तहका सबै जनप्रतिनिधिको कार्यकाल सकिने भन्दै जेठ ४ गते एकै चरणमा चुनाव गर्न सरकारलाई प्रस्ताव गरेको थियो ।

सरकारले भने मतगणना गरी नयाँ जनप्रतिनिधि आउन लाग्ने समयलाई ख्याल गर्दै लाग्ने भएपछि बैशाख ३० मै निर्वाचन गर्ने निर्णय गरेको हो । स्थानीय तह निर्वाचन ऐनअनुसार हाल कायम रहेका स्थानीय जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९ मा सकिनेछ । साथै संविधानले स्थानीय तह जनप्रतिनिधिविहीन हुने कल्पना गरेको छैन।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here