spot_img
Saturday, September 28, 2024
Homeबजारआगलागी पिडितलाई नेपाल भारत मैत्री संघका महासचिव सुवेदीको नेतृत्वमा राहत वितरण

आगलागी पिडितलाई नेपाल भारत मैत्री संघका महासचिव सुवेदीको नेतृत्वमा राहत वितरण

spot_img

नेपालमा हुने विभिन्न प्रकृतिक विपत्तिको समयमा राहत सहयोग गर्दै आएको नेपाल भारत मैत्री संघले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका आगलागि पिडितलाई राहत सामाग्री वितरण गरेको छ । संघका महासचिव बोधकृष्ण सुवेदीको नेतृत्वमा पुगेको संघको टोलीे ९ लाख रुपैयाँ बराबरको सामाग्री वितरण गरेको हो । स्थानिय मटिहानकिा आगलागि पिडितलाई १ सय ५ घरधुरीलाई झुल २ सय १० थान,तन्ना २सय १० थान ,बच्चाको कपडा सेट २ सय १० थान,लुंगी १ सय ५ थान,भेष्ट १ सय ५ थान,साडी १ सय ५ थान,ब्लाउज कपडा १ सय थान,पेटीकोट १ सय ५ थान र सल(च्यादर)१ सय ५ थान वितरण गरीएको महासचिव सुवेदीले जानकारी दिए ।
राहत वितरण गर्ने क्रममा संघका महासचिव सुवेदी सहित मधेस प्रदेश अध्यक्ष रणधिर कुमार सिंह,केन्द्रीय सदस्य अरुणकुमार सिंह लगायतको उपस्थिती रहेको थियो ।गर्मीयाममा हावाहुरी तिव्र चल्ने हुदाँ आगलागिको घटना बढिरहेको अवस्थामा मटिहानीमा केहीदिन अघि आगलागि हुँदा ठुलो क्षति भएको थियो । यसरी प्राकृतिक विपत्तिमा राहत लगायका सामाग्री वितरण गर्दै आएको संघले यस अघि जाजरकोटमा आएको महा विनासकारी भुकुम्पले प्रभावित क्षेत्रहरुका स्थानियहरुलाई राहत वितरण गरेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here