spot_img
Monday, September 16, 2024
Homeब्यानरआगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

spot_img

सर्लाही जिल्ला बसवरिया गाउँपालिका–४ धनगढास्थित पन्चायत आदर्श माविको कम्प्युटर कोठामा करेन्ट सर्ट भई शनिबार दिउँसो आगलागी हुँदा कम्प्युटर तथा अन्य सरसामान आंशिकरूपमा जलेर करिब २ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यसैगरी उदयपुर– त्रियुगा नगरपालिका–११ चप्पन बस्ने तिल माया बस्नेतको कच्ची घरमा करेन्ट सर्ट भई शनिबार राति आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यसैगरी गुल्मी– मुसिकोट नगरपालिका–४ हलोगाडे बस्ने गुप्त बहादुर कार्कीको घरमा गएराति आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ११ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यसैगरी कपिलवस्तु– शिवराज नगरपालिका(१० सितलापुर बस्ने बगेदन कुर्मीको घरमा महाराजगंजबाट विवाहको जन्ती आएकोमा जन्तीहरुले पटका पट्काउने क्रममा सोही ठाउँ बस्ने चन्द्रभान यादवको गोठमा शनिबार राति आगलागी हुँदा गोठ जलेर क्षति भएको छ । साथै गोठमा रहेको गाईवस्तुहरु बचाउन जाँदा आगोले जलेर घाइते भएका सोही ठाउँ बस्ने ३७ वर्षीय राजेश यादवलाई उपचारको लागि संजिवनी सामुदायिक अस्पताल चन्द्रौटा हुँदै थप उपचारको लागि भैरहवातर्फ रिफर गरिएको छ । पटका पड्काउने शंकास्पद २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।प्रहरी, स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगालगी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here