झापा–झापा जिल्ला मेचीनगर नगरपालिका-६ गैरीगाउँ बस्ने पासाङ तामाङको घरमा विद्युत सर्ट भई आइतबार बिहान आगलागी हुँदा पासाङको घरमा रहेको नगद ५ लाख रुपैयाँ, सुन, चाँदी, अन्नपात, भाँडावर्तन, काठपात, लत्ताकपडा लगायतका सामान जलेर करिब १८ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । साथै आगलागीले सोही ठाउँ बस्ने दिल बहादुर गुरुङको घर समेत जलेर करिब ६ लाख रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको छ ।आगलागीको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीले स्थानीयवासी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
00