झापा जिल्ला भद्रपुर नगरपालिका–१ सेरे चोक बस्ने पुष्प पौडेलको घरमा खाना पकाउने क्रममा ग्यास लिक भई आइतबार बिहान आगलागी हुँदा घर पूर्णरुपमा जलेर करिब ४ लाख रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको छ । आगोले जलेर सामान्य घाइते पुष्पको बनियानी स्वास्थ्य चौकीमा उपचार भईरहेको छ । प्रहरी र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
00