spot_img
Thursday, September 19, 2024
Homeबजारआइओसीले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्य

आइओसीले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्य

spot_img

नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसनले इन्धनको नयाँ मूल्य सूची पठाएको छ । जस अनुसार पेट्रोलमा बढेर नयाँ मूल्य आएको छ भने डिजेल, खाना पकाउने ग्याँस र हवाइ इन्धनमा घटेर नयाँ मूल्य प्राप्त भएको नेपाल आयल निगमले जनाएको छ ।
आईओसीले बुधबार पठाएको नयाँ मूल्य अनुसार पेट्रोल प्रति लिटर ८ रुपैयाँ २१ पैसा बढेको छ । डिजेलमा प्रति लिटर ७ रुपैयाँ ४ पैसा घटेको छ भने खाना पकाउने ग्याँसमा प्रति सिलिन्डर १ सय २२ रुपैयाँले घटेको छ । यस्तै हवाई इन्धन प्रति लिटर ३ रुपैयाँ ३६ पैसा घटेर आएको निगमले जनाएको छ ।
नयाँ मूल्य पछि पनि निगमलाई मासिक घाटा ६ अर्ब १५ रुपैयाँ पुग्ने पनि निगमको प्रक्षेपण छ । आईओसीलाई पहिलेकै वक्यौता ३२ अर्ब रहेको र अबको नयाँ मूल्य पछि जुन महिनामा निगमले ४७ अर्ब हारहारी रकम भुक्तानी गर्न बाँकी रहेको निगमले जनाएको छ । अर्थ मन्त्रालयले घटाएको करबारे निगमलाई हालसम्म कुनै जानकारी नभएकाले अहिलेलाई कुनै निर्णय नलिने निगमले जनाएको छ ।
निगमको प्रेस विज्ञप्ती:

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here