उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल छाडेका नेताहरूले जनता लोकतान्त्रिक पार्टी९जलोपा० दर्ता गराएका छन् ।
लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले सो पार्टी छाडेर आफ्नो अध्यक्षतामाजलोपा दर्ता गराएका छन् । पार्टी दर्ताका लागि उनले आज निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् ।
केही समय पहिले मात्र जसपा नेपाल छाडेका अमरेशनारायण झा सो पार्टीको संरक्षक रहेका छन् । २१ सदस्यीय कार्यसमिति रहेको पार्टीका अधिकांश नेता जसपा छाडेकाहरू रहेको यादवले बताए ।
सुमित्रा चौधरी, निराकांर यादव, भगतराम चौधरी पनि जसपा नेपाल छाडेका नेताहरू हुन् । पार्टीको चुनाव चिह्न भैँसी प्रस्ताव गरिएको छ ।
00











