spot_img
Monday, September 16, 2024
Homeब्यानरअवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ

spot_img

काठमाडौं -चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट ८ सय ८० ग्राम लागूऔषध गाँजा र १ सय २३ ट्याब्लेट लागूऔषध नाईट्राभेट सहित ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भोजपुर आम्चु गाउँपालिका–९ बस्ने १९ वर्षीय अंकित मगर, सर्लाही कबलासी नगरपालिका–३ बस्ने १९ वर्षीय जितेन्द्रर यादव र मकवानपुर हेटौंडा उपमहानगरपालिका–४ बस्ने २४ वर्षीय धिरज बस्नेत रहेका छन् । नागढुङ्गास्थित चेक प्वाईन्टमा खटिएको प्रहरीले जाँच गर्नेक्रममा धरानबाट काठमाडौंतर्फ आउँदै गरेको बा.१ प १३६२ नम्बरको बसमा सवार अंकितलाई लागूऔषध गाँजा, सर्लाहीको मलंगवाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.७ ख २७७३ नम्बरको बसमा सवार जितेन्द्ररको साथबाट ५८ ट्याब्लेट नाईट्राभेट र मकवानपुरबाट काठमाडौंतर्फ आउँदै गरेको ना.४ ख ७४३५ नम्बरको बसमा सवार धिरजको साथबाट ६५ ट्याबलेट नाईट्राभेट फेला पारी पक्राउ गरेको हो ।
यसैगरी सर्लाही जिल्ला मलंगवा नगरपालिका–८ बाट हरिपुर नगरपालिका–६ बस्ने २० वर्षीय रवि कुमार साहलाई नियन्त्रित लागूऔषध ९ सय ट्याब्लेट नाईट्राभेट र १ बोतल डाईलेक्स डिसी सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको अटोमा सवार रविलाई प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here