spot_img
Friday, October 18, 2024
Homeब्यानरअवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ

spot_img


महोत्तरी जिल्ला औराही नगरपालिका ४ कठुधारबाट नियन्त्रित लागूऔषध २ हजार ९ सय ८२ पिस नाइट्राभेट सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काभ्रे मनदन देवपुर बस्ने २५ वर्षीय सरोज बिक र सिरहा गोलबजार नगरपालिका ४ बस्ने २३ वर्षीय आकाश शर्मा रहेका छन् । सम्सिबाट बर्दिबासतर्फ जाँदै गरेको बा.४६ प ६२७३ नम्बरको मोटरसाइकललाई अस्थायी प्रहरी पोष्ट कठुधारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी कास्की जिल्ला पोखरा महानगरपालिका- ९ पृथ्वीचोकबाट करिब २ केजी २ सय ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही महानगरपालिका- ९ शान्तीटोल बस्ने २१ वर्षीया शुस्मिता गुरुङ र २० वर्षीय राजकुमार भुजेल रहेका छन् । उक्त स्थानमा सिआरभि पृथ्वीचोकबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here