spot_img
Sunday, September 22, 2024
Homeब्यानरअवैध लागूऔषध सहित पक्राउअवैध लागु औषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउअवैध लागु औषध सहित पक्राउ

spot_img

सुर्खेत जिल्ला विरेन्द्रनगर नगरपालिका –३ मसुरीखेतबाट ६ ग्राम ६ सय ४० मिलिग्राम अवैध लागु औषध ब्राउनसुगर सहित सोही स्थान बस्ने दैलेख दुल्लु नगरपालिका–१० घर भएका २० वर्षीय दिनेश शाहीलाई बुधबार दिउँसो प्रहरील पक्राउ गरेको हो ।विशेष सुचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले सो पदार्थ सहित फेला पारी शाहीलाई पक्राउ गरेको हो ।यसैगरी मकवानपुर जिल्ला मनहरी गाउँपालिका–९ ज्यामिरेबाट करिब १५ किलो अवैध लागु औषध गाँजा सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेका छ ।पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका–११ बस्ने २६ बर्षीय ईन्द्र बहादुर प्रजा र सोही स्थान बस्ने २३ वर्षिय अकल बहादुर प्रजा रहेका छन ।चितवनबाट हेटौडातर्फ जाँदै गरेको ना.७ ख ६०५९ नम्बरको बसमा गाँजा ल्याउँदै गरेको सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएका प्रहरीले बस जाँच गर्ने क्रममा इन्द्र बहादुरको साथबाट ७ किलो ३ सय ६० ग्राम र अकल बहादुरको साथबाट ७ किलो ६ सय ४० ग्राम गाँजा बरामद गरी पक्राउ गरेका हो ।यो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिहरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here