spot_img
Monday, September 16, 2024
Homeब्यानरअन्तर–पुस्ता संवाद कार्यक्रम सम्पन्न

अन्तर–पुस्ता संवाद कार्यक्रम सम्पन्न

spot_img


बाँके युनेस्को क्लबले प्लान नेपालको सहयोगमा संचालित रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण ९प्रोटेक्ट० परियोजना अन्तरगत नेपालगन्जमा अन्तर पुस्ता संबाद कार्यक्रम सम्पन्न गरेको छ । खास गरी मानव बेचबिखन, बालबालिकाहरु र युवाहरुका सवाल र सरोकारका बिषयमा बिभिन्न पुस्ता बिचको बुझाई र अनुभवहरुको एक आपसमा आदानप्रदान गरी साझा बुझाई कायम गर्दै ती समस्या तथा सवालहरुमा जिम्मेवार निकायहरुको ध्यानआकर्षण गर्नका लागी नेपालगन्ज १२ मा सो संवादको आयोजना गरिएको हो । क्लबका प्रमुख संरक्षक प्रबेज अली सिद्धिकीका अनुसार संवाद कार्यक्रमले वडा तहमा मानव बेचबिखन, बालबालिका र युवाहरुका सरोकार तथा समस्याहरु बारे सबैलाई जानकारी गराएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ का वडा अध्यक्ष बुद्धीसागर सुबेदीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरु तरुण बज्राचार्य, दिनेशराज पन्त, फुलमति लोहार, चन्दा चिडीमार, वडा सचिव केदार प्रसाद अधिकारी, वडा प्रहरी कार्यलयका मधु बस्नेत र विभिन्न संघ, संस्थाहरुबाट प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । त्यसैगरी कार्यक्रममा वडास्तरीय बालअधिकार समिती, वडास्तरीय बालक्लबका अध्यक्ष मनिषा ओली र अन्य बालक्लबका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा वडा तहमामानव बेचबिखन, बालबालिका र युवाहरुका सरोकार तथा समस्याहरुमा बालबालिका र युवाहरुका भनाई र धारणा बारे सरोकारवालालाई जानकारी भएको थियो । सो बारेमा साझा बुझाई बनाएर जीम्मेवार निकायहरुद्धारा मानव बेचबिखन, बालबालिका र युवाका सरोकारहरुलाई समाधान गर्ने प्रतिबद्धता जनाएको बाँके युनेस्को क्लबका प्रोटेक्ट परियोजना अधिकृत महेश नेपालीले बताउनु भयो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here