spot_img
Monday, September 16, 2024
Homeब्यानरअनुगमन–४ः भेरीको इ–टिकेट ‘डाउन’

अनुगमन–४ः भेरीको इ–टिकेट ‘डाउन’

spot_img

नेपालगन्ज/ नेपालगन्जस्थित भेरी अस्पतालको वेभसाइट bherihospital.gov.np विगत दुई हप्ता अघिदेखि डाउन भएको छ । यस विषयमा भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाहलाई बुझ्दा उनले यस विषय आफू अनविज्ञ भएकाले अस्पतालका सम्बन्धित कर्मचारीसँग बुझ्न सुझाए । सोही विषयमा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट प्रकाशबहादुर थापालाई बुझ्न खोज्दा फोन उठेन ।

कर्णाली, सुदूरपश्चिम तथा सीमानाकासँग जोडिएको बाँकेमा उपचारका लागि आउने स्वदेशीलगायत भारतीय नागरिकलाई समेत सेवा दिइरहेको अस्पतालको वेभसाइटमा समस्या आउँदा सेवाग्राहीले समस्या भोगिरहेका छन् ।

२१ औं सताब्दी सूचना तथा प्रविधिको युग त्यसमाथि नेपालको सरकारी अस्पताल भेरीले अनलाइनबाट आवश्यक उपचारको लागि इ–टिकेट काट्ने व्यवस्था गरेको हप्ता दिन बित्न नपाउँदै वेभसाइट नै बन्द हुनुलाई जीवन र मृत्युको दोसाधमा रहेका नागरिकमाथि हेपाहा प्रवृत्तिको व्यवहार गरेको नाम नबताउने सर्तमा एक सेवाग्राहीले बताए । उनका अनुसार सामान्य जानकारी लिन होस् वा उपचारका लागि पालो लिन अनलाइनमार्फत् सहज भएको बताउँदै उक्त सेवा दिएको हप्ता दिन नबित्दै बन्द गरिनु सरकारी लाचारपन एवम् केही कुनियतका कर्मचारीको बद्मासी हुन सक्ने बताए ।

कमजोरी कसको ? राज्य पक्ष कि कर्मचारीतन्त्रको ?

जनतालाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने भन्दै राज्य पक्ष अनि आफ्नो सेवासुविधालाई विस्तार गर्दै स्वयम् भेरी अस्पतालका कर्मचारीबाट बिरामीको सेवासुविधालाई विशेष ध्यान दिँदै इ–टिकेटको शुभारम्भ गरिएको थियो । त्यसक्रममा नेपाल सरकारका स्वास्थ्य मन्त्री प्रदीप पौडेलले इ–टिकेट काटेर उक्त सेवाको उद्घाटन गरेका थिए । त्यस क्रममा नागरिकको स्वास्थ्यप्रतिको हक, अधिकारनै सरकारको प्रमुख एजेन्डा रहेको बताएका थिए । जुन राज्य पक्षबाट भएको प्रतिबद्धता थियो । राज्य पक्षबाट भएको प्रतिबद्धतालाई हुबहु कार्यान्वयनमा ल्याउनु कर्मचारीतन्त्रको मूल कर्तव्य पनि हो । तर, भेरीमा त्यसो भएको पाइँदैन । जसको अनेकौंमध्ये एक ज्वलन्त उदाहरण हो ‘इ–टिकेट डाउन’ .
क्रमशः

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here