spot_img
Sunday, September 22, 2024
Homeबजारअनावश्यक रकम असुल गरेको भन्दै स्थानिय यातायात संचालक आन्दोलित (फोटो फिचर सहित)

अनावश्यक रकम असुल गरेको भन्दै स्थानिय यातायात संचालक आन्दोलित (फोटो फिचर सहित)

spot_img

अनावश्यक करका नाममा रकम हसुली गरेको भन्दै आज शुक्रबार नेपालगंजका स्थानियमा चल्दै आएका यातायात संचालकहरुले यातायातका साधन बाटो मै खडा गरी आन्दोलन गरेको छन ।शुक्रबार विहान नेपालगंज उपमहानगरपालिकाको ठेक्काको सिफारिसका आधारमा अनावश्यक रुपमा रसिद काटदै प्रत्येक सवारी साधानबाट दैनिक ५० रुपैयाका दरले उठाउँदै आएको हुदाँ आफुहरु दोहोरोमारमा परेको यातायात व्यवसायीहरु बताउँछन ।यातायात व्यवसायीका अनुसार आफुहरुले सरकारलाई कर पनि बुझाउँदै आएको अहिले आएर जवरजस्ती दोहोर रकम बुझाउँदा निकै अप्ठारोमा परेको बताए । आन्दोलनमा विपी चोक वरिपीर केही गाडीहरुले बाटो अवरुद्ध गरेको भएता पनि केही बेरपछि नेपालगंज उपमहानगरपालिका बरीपरि सुर्खेत रोडमा यातायातका साधनहरु आन्दोलन स्वरुप रोकेर राखिएको थियो ।

नेपालगंज रुटमा स्थानियमा करिव २०० ओटा बस,२०० ओटा सानो गाडी,२०० ओटा मेजिक भ्यानहरु संचालनमा रहेको छन । यसरी दैनिक रुपमा ५० रुपैया दिनु पर्ने ,जवरजस्ती बसपार्कमा लैजानु पर्ने हुदाँ नियम मान्य नहुने तथा निकै अप्ठारो भएको आन्दोलनमा सहभागि श्याम थारुले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here