spot_img
Thursday, September 19, 2024
Homeब्यानरअञ्जनी माता रसोइलाई ३२ हजार २ सय ५ रुपैया सहयोग

अञ्जनी माता रसोइलाई ३२ हजार २ सय ५ रुपैया सहयोग

spot_img

नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले नेपाल विद्युत प्राधिकरणको ३६औ बार्षिकोत्सवको अवसरमा विगत लामो समय देखि संचालनमा आइरहेको भेरी अस्पताल, नेपालगंजमा रहेको अञ्जनी माता रसोइलाई सोमबार कुल ३२ हजार २ सय ५ रुपैया सहयोग गरेको छ । कोरोना संक्रमित,कुरुवा र स्वास्थ्यकर्मीलाई लक्षित गरी विगत दस महिनादेखि निरन्तर बीस रुपैयामा पेटभर खाना खुवाउदै आएको अञ्जनी माता रसोइलाई कर्मचारी संघ बाँकेमा रहेका तीन वटै इकाई समितिहरुको संयुक्त अगुवाइमा संकलित सो रकम सहयोग गरेको हो ।बाँकेमा विस्तारित कोहलपुर इकाई समिति,प्रदेश डिभिजन इकाई समिति र नेपालगंज इकाई समितिको पहलमा संकलित सो रकम हस्तान्तरण गरिएको हो ।
नेपालगंज वितरण केन्द्रमा मंगलबार आयोजित एक कार्यक्रमबीच प्रमुख अतिथि नेपाल विद्युत प्रविधिकरण प्रदेश डिभिजन कार्यालय नेपालगंज प्रमुख सुरज गौतम तथा विशिष्ट अतिथि कर्मचारी संघ लुम्बिनी प्रदेश समिति अध्यक्ष दुर्गा प्रसाद जैसीले उक्त सहयोग रकम हस्तान्तरण गर्नु भएको हो । कार्यक्रममा कर्मचारी संघ केन्द्रीय सदस्य विष्णु केसी,प्रदेश डिभिजनका सहायक प्रबन्धक दिवाकर प्याकुरेल,नेपालगन्ज वितरण केन्द्र प्रमुख लखनलला मल्लिक, कोहलपुर वितरण केन्द्र प्रमुख रुमेश रुपाखेती, रुकुम पुर्व वितरण केन्द्र प्रमुख युवराज रावत, प्रशासकीय अधिकृत गोपालप्रसाद ओझा, लेखा अधिकृत गोविन्द ढकाल, इन्जिनियर ज्ञानप्रसाद फर्साल, श्री नारायण प्रसाद पौडेल, राष्ट्रिय कर्मचारी युनियन साबिक मध्यपश्चिम क्षेत्रीय समिति अध्यक्ष चेतबहादुर केसी,बाँके जिल्ला इकाइ समन्वय टास्कफोर्स संयोजक तथा प्रदेश सदस्य राजेन्द्रकुमार थापा,राहिल किंगरिया,अरुण बज्राचार्य, कोहलपुर इकाइ अध्यक्ष सुरजलाल चौधरी, प्रदेश डिभिजन इकाइ अध्यक्ष देवेन्द्र विक,कर्मचारी संघका अगुवा नेता उत्तमप्रसाद उपाध्याय लगायतका विभिन्न व्यक्तित्वहरुको विशेष सहभागिता रहेको थियो। कर्मचारी संघ नेपालगन्ज इकाइ अध्यक्ष नेत्रबहादुर खडकाको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको थियो।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here