spot_img
Tuesday, December 3, 2024
Homeबजारसमाज परिर्वतनको जिम्मेवारी समाजलाई छः सहमहामन्त्री राठौर

समाज परिर्वतनको जिम्मेवारी समाजलाई छः सहमहामन्त्री राठौर

spot_img

समाज परिवर्तनको जिम्मेवारी समाजलाई नै रहेको नेपाली कांग्रेसका सहमाहमन्त्री किशोर सिंह राठौरे बताएका छन ।वादि समुदायको प्रतिनिधित्व गर्दै बुधबार बाँकेको नेपालगंजमा आयोजना गरीएको प्रदेश स्तरीय महिला सम्मेलनलाई सम्बोधन गर्ने क्रममा बाँके क्षेत्र नं।३ का संघिय माननियत तथा कांग्रेस सहमहामन्त्री राठौरेले नेपालमा जनताद्धारा निर्माण गरीएको संविधान बनाउनका लागि नै ७५ वर्ष लागेको अवस्थामा समाज विकास आफुले चाहे जस्तो बन्नका लागि लामो समय लाग्ने हुदाँ धेरै निरास हुन नपर्ने बताउँदै भने,‘समाज परिवर्तनका लागि जनताले राम्रो मान्छेलाई आफ्नो प्रतिनिधि बनाउनु पर्ने हुन्छ,जसको जिम्मेवार समाज स्वम हुन्छ,’ । नेपाललाई युरोपीयन देशसँग तुलना नगर्न हुने बताउँदै सहमाहमन्त्री राठौरले भने,‘हामीले ल्याएको लोकतन्त्र भन्दा अर्को राम्रो व्यवस्था छैन,हो यो व्यवस्थामा भएका नराम्रा पक्षलाईलाई सुधार गर्दै जानु पर्दछ,वर्तमान संविधानले सबैलाई अधिकार सम्पन्न बनाएको छ ,संविधानले सबैको प्रतिनिधित्व गराएको छ तर त्यस अनुरुपको काम भने भएको छैन जुन दुखत विषय हो ,यसको लागि जनता सचेत हुनु जरुरी रहेको छ ।’

यसैगरी लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेनाले संविधानले प्रदान गरेको हरेक अधिकारलाई अक्षरस पालन गर्नका लागि प्रदेश सरकार लागि परेको हुदाँ यसमा सबैको साथ र सहयोग रहनु पर्ने बताए । मन्त्री तिमिल्सेनाले भने,‘सबै आफ्नो ठाउँमा इमान्दार भएर काम गरेमा सबैलाई राम्रो हुने तथा देशको विकास हुन्छ ,यसका लागि तपाई हामी सबै सकारात्मक र इमान्दार हुनु पर्दछ ।’कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभासद शुशीला नेपाली वादीले प्रदेश सरकारमा अल्पसंख्यक तथा सीमान्तकृत समुदायका मुद्धाहरुलाई निकै गम्भिरताका साथ उठान गर्दै आएको बताउँदै भनिन,‘पछिल्लो समय महिलाहरुलाई केही अधिकार दिएको भनिएता पनि ति अधिकारहरुको पुर्ण रुपमा उपभोग गर्न पाइरहेको अवस्था छैन,यसका लागि म प्रदेश सभासदको नाताले महिला तथा अत्पसंख्यक तथा सीमान्तकृत समुदायका महिलाहरुको अधिकारका लागि लडीरहेको छु ,। प्रदेश स्तरीय महिला सम्मेलनमा लुम्बिनी प्रदेश सभासद मिना सिद्धिकी,बसन्ती न्यौपाने,राष्ट्रिय मानवअधिकार आयोग बाँके प्रमुख द्धरीका देवी अधिकारी लगायतले सम्बोधन गरेको कार्यक्रममा लुम्बिनी प्रदेश सभासद माया पुनः ,अधिवक्ता चित्र बहादुर शाही लगायको उपस्थिति रहेको थियो । सम्मेलनको सभापतित्व कमेट नेपालका अध्यक्ष प्रकाश नेपालीले गरेको कार्यक्रममा राष्ट्रिय वादी संजाल नेपालका अध्यक्ष केशव नेपालीले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा अल्पसंख्यक तथा सीमान्तकृत समुदायका महिलाहरुको वर्तमान अवस्था,सामाजिक अवस्था,शैक्षिक अवस्था,आर्थिक अवस्था ,स्वास्थ्य अवस्था लगायत यौन रोगबाट ग्रसित हुनु परेका अवस्था ,मानवअधिकारको अवस्थाका बारेमा राखिएको लुम्बिनी प्रदेश माननिय शुशिला नेपाली वादीले जानकारी दिएकी थिइन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.