नेपालमा बाघ संरक्षणको लागि विभिन्न कार्याक्रम हुदै गर्दा बाँकेमा बाघ संरक्षण र यसको महत्वको विषयमा चित्रकला प्रतियोगिता सम्पन्न गरीएको छ ।
विश्व बाघ दिवसको अवसरमा बाँके राष्ट्रिय निकुन्जको सहयोग तथा बागेश्वरी असलशासन क्लव नेपालको आयोजनामा उक्त प्रतियोगिता सम्पन्न भएको हो । बाँके जिल्ला स्थित विभिन्न बिद्यालयका गरी ३७ जनाको सहभागिता रहेको प्रतियोगितामा राम धोबी प्रथम, श्याम धोबी द्धितिय, मुविना हुमागाँई र विना चौधरीले सान्त्वना स्थान हासिल गरेका छन ।
नेपालगन्ज स्थित धम्बोझि माध्यमिक विद्यालयमा भएको प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने प्रतियोगिलाई कार्यक्रमका अतिथि बाँके राष्ट्रिय निकुन्जका निमित्त प्रमुख संरक्षण अधिकृत गोपाल बहादुर घिमिरे, निर्णायकहरु श्यामानन्द सिंह, भोजराज शर्मा नादीर, धम्बोझि माबिका प्रधानाध्यापक बामदेव सुवेदी, बाँके राष्ट्रिय निकुन्जका उत्तम कुमार चौधरीले क्रमशः नगद पाँच हजार, तिन हजार, दुई हजार र एक हजार सहित प्रमाण पत्र प्रदान गरेका थिए । प्रतियोगिताको पुरस्कार बितरण कार्यक्रममा बोल्दै बाँके राष्टिय निकुन्जका निमित्त प्रमुख संरक्षण अधिकृत गोपाल बहादुर घिमिरेले जुन बनमा बाघ हुन्छ त्यो बन स्वच्छ हुने बताए । उनले नेपालमा बाघको संरक्षणका लागि विभिन्न कार्यहरु भईरहेको भन्दै बाँके राष्ट्रिय निकुन्जले बाससँगको सहजिकरणमा गरेको प्रतियोगिताले बाघ संरक्षण सम्बन्धि सचेतना अभिबृद्धी गरेको बताए । नेपालले २०२२ सम्ममा दोब्बर अर्थात २५० माघ पु¥याउने लक्ष्यमा रहेको बताउदै उक्त लथ्य पुरा गर्न बाघको संरक्षण अपरिहार्य हुने उनको भनाई थियो ।
00
हामीसँग जोडिनुहोस्
सिफारिस