होप इन्टरनेशनल एकेडेमीका कक्षा ११ मा अध्ययनरत विद्यार्थीले १२ कक्षामा अध्ययनरत विद्यार्थीलाई विदाई कार्यक्रम सम्पन्न गरेको छ । विदाई कार्यक्रमलाई सम्बोधन गर्दै एकेडेमीका संस्थापक अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि सुरेश कुमार गौतमले विदाईलाई अवसरका रुपमा लिनु पर्ने बताउँदै भने,“विदाई आफैमा सहज विषय नभएता पनि यो एउटा निरन्तरता हो,विदाई गर्दा आँखा रसाए पनि यसलाई आशाको किरणको रुपमा लिनु पर्दछ ।”संस्थापक अध्यक्ष गौतमले अगाडि भने,“विद्यालय संचालन गर्दा निकै आरोपअवरोह पार गर्दै आएको भएता पनि हाम्रो प्रतिवद्धता भनेको विद्यार्थीलाई राम्रो नागरीक बनाउनु पनि हो ।”
यसैगरी विद्यालय प्रिन्सिपल एवं विदाई कार्यक्रमका विशिष्ट अतिथि केशवा रेग्मी गौतमले हरेक मानिसमा अनुशासन अति नै महत्व हुने बताउँदै भनिन,“विद्यार्थी होस अथवा कुनै पनि व्यक्तिमा अनुसासनको महत्व अति नै हुने गर्दछ ,जो व्यक्ति अनुसासित भएर आफ्नो जिम्मेवारी निभाउँछ जसको जिवनमा कहिल्यै पनि समस्या आउदैन ।”
होप इन्टर नेशनल एकेडेमीका प्रिन्सिपल केशवा रेग्मी
कक्षा ११ का छात्रा आकृति डांगीको सभापतित्वमा सम्पन्न कार्यक्रममा कक्षा ११ का छात्रा वाजिता खातुन र सुजना गौतमको सहजीकरण रहेको थियो । विदाई कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न सास्कृतिक प्रस्तुतिका साथै गजल ,गित ,कविता बचान समेत गरेको कक्षा ११ र १२ का संयोजक जिवन कार्कीले जनाकारी दिएका छन ।कक्षा १२ मा पढ्दै आएका विद्यार्र्थीहरुलाई विद्यालयको तर्फबाट मायाको चिनो प्रदान गरीएको थियो ।कार्यक्रममा शिक्षक जनक तिमिल्सिना,कृष्ण बहादुर बुढा,नारायण शर्मा,विष्णु प्रसाद शर्मा,राजेन्द्र ढकाल लगायतको उपस्थिति रहेको थियो ।