spot_img
Wednesday, December 4, 2024
Homeब्यानरलागूऔषध तथा हातहतियार मुद्दाका फरार व्यक्ति पक्राउ

लागूऔषध तथा हातहतियार मुद्दाका फरार व्यक्ति पक्राउ

spot_img

लागूऔषध तथा हातहतियार मुद्दामा संलग्न रही फरार रहेको अभियोगमा शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा बस्ने २५ वर्षीय निनो श्रेष्ठलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठको कोठाबाट गत पुस १५ गते लुकाई राखेको नियन्त्रित लागूऔषध नुर्फिन १ सय ३४ एम्पुल, फेनारगन १ सय ३६ एम्पुल, डाईजेपाम १ सय ३३ एम्पुल, नाईट्राभेट १ सय ९२ ट्याब्लेट, स्पास्मोप्रोक्सिभन प्लस ५४ चक्की र म्याग्जिन सहितको १ थान पेस्तोल प्रहरीले फेला पारेको थियो । साथै तत्काल फरार रहेका श्रेष्ठलाई कास्की पोखरा महानगरपालिका–६ हल्लनचोकबाट प्रहरीले पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत तनहुँबाट लागूऔषध तथा हातहतियार खरखजना मुद्दामा १० दिन म्याद थप अनुमती लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.