ब्रम्हाकुमारी ईश्वरीय विश्व विद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्र नेपाल क्षेत्रीय कार्यालय नेपालगञ्जले महाशिवरात्री महोत्सव गर्ने भएको छ ।महाशिवरात्रीका अवसरमा विश्व विद्यालयले ‘सप्ताह ब्यापी’ रुपमा कार्यक्रम गर्न लागेको मंगलवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।सप्ताहब्यापी महाशिवरात्री महोत्सव अन्तरगत बाँके र बर्दियामा शिव दर्शन आध्यात्मिक झाँकी ¥याली, चित्र प्रर्दशनी शिवध्वजारोहन तथा आध्यात्मिक प्रवचन कार्यक्रम गरिने भएको छ । बुधवार ११ गतेदेखि १७ गतेसम्म शिवदर्शन आध्यात्मिक झाँकी ¥याली तथा प्रवचन, आध्यात्मिक सचेतना मुलक चित्र प्रर्दशनी, शिवध्वजारोहन तथा आध्यात्मिक प्रवचन कार्यक्रम हुनेछन् ।कार्यक्रम मार्फत लागू पदार्थ दूव्र्यसन तथा गाँजा भाङ जस्ता नसालु वस्तुहरुको सेवनलाई न्यूनिकरण गर्न सचेतना मुलक कार्यक्रम गरिने क्षेत्रीय प्रमुख ब्रम्हाकुमारी दुर्गाले बताइन् । सकारात्मक जीवन पद्धतिको लागि अभिप्रेरित गर्नुपर्ने वर्तमान समयको माग रहेकोले सचेतना मूलक कार्यक्रमको लक्ष्यलाई लिएर संस्थाले महाशिवरात्री पर्वलाई मनाइरहेको विश्व विद्यालयले जनाएको छ ।
हामीसँग जोडिनुहोस्
सिफारिस