पछिल्लो समय बाँके नेपालगंजमा रहेको नेपालगंज रंगशाला स्थानिय खेलाडिहरुको हुन नसकेकोमा भन्दै जिल्ला खेलकुद विकास समिति बाँकेले गुनासो व्यक्त गरेको छ ।राष्ट्रिय,अन्तराष्ट्रिय खेलाडी समेत उत्पादन गरी सकेको रंगशाला पछिल्लो समय स्थानिय खेलाडीलाई नै प्रयोग गर्न नपाउँदा नेपालगंज रंगशाला स्थानिय खेलाडीको हुन नसकेको हुदाँ समितिले गुनासो गरेको हो । कुनैपनि स्थानियमा निर्माण गरीएका सार्वजानिक स्थानहरुमा पहिलो रोजाई तथा पहिलो अधिकार एवं दायित्व स्थानियले कै हुनु पर्ने संघिय सरकारको मर्म तथा भावना पनि हो । तर बाँकेको नेपालगंज रंगशालामा खेल खेल्न जान खेलाडि नै रंगशालाको प्रयोग गर्न नपाएको जिल्ला खेलकुद विकास समिति बाँकेका अध्यक्ष संन्दीप जंग शाह बताउँछन । राष्ट्रिय स्तरका खेलाडी बाहेक अन्य खेलाडीलाई रंगशालामा रोक लगाएकाले खेलाडी उत्पादन गर्नमा कठिनाइ भएको अध्यक्ष शाहले बताए । नेपालगन्ज उपमहानगरपालिका स्थित रहेको राष्ट्रिय स्तरका खेलाडीले खेल्ने रंगशालामा प्रशिक्षणको शिलशिलामा आउँने आम खेलाडीलाई रोक लगाएपछि खेलाडी उत्पादनमा कठिनाइ भएको अध्यक्ष शाहले बताउँदै अवको दिनमा खेलाडीहरुमा खेल प्रतिको चाहना अनुसार रंगशालाको गतिविधि हुनुपर्ने बिहीवार नेपालगन्जमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बताए। आफ्नै घर नजिकै रंगशाला हुँदा समेत शारिरीक व्यामको लागि फिल्ड खोज्दै हिड्नु परेको एक जना खेलाडीले बताए । खेल खेल्न र व्यायमको लागि इच्छा हुँदा हुँदै पनि रंगशालामा लगाईएको नियमले आम खेलाडीले प्रशिक्षण गर्न नसकेको अध्यक्ष शाहले बताए ।
रंगशालामा आम खेलाडीलाइ प्रशिक्षणका लागि जान नदिए राष्ट्रिय स्तरको खेलका लागी कहिले परिपक्क हुने उनले दुखेसो पोखे। रंगशालामा राष्ट्रिय स्तरको खेलाडीलाइ मात्र खेल्न दिने र आम खेलाडीलाई वास्ता नै नगर्दा खेलाडी बन्ने सपना बोकेर रंगशाला आउने गरेको आम खेलाडीहरु अवसरबाट बञ्चित भएको खेलाडीहरुले बताउछन् । आम खेलाडीहरुलाइ रंगशालामा रोक लगाएर खेलबाट वञ्चित नगराउँन अध्यक्ष शांहले आग्रह गरे । स्थानिय स्तरका खेलाडीले रंगशाला प्रयोग गर्दा रंगशाखा विग्रने भएको हुनाले स्थानिय खेलाडीलाई रंगशालामा खेल्न रोक लगाएको भन्ने खवर हामीलाई बारम्बार आएको शाहले बताए। स्थानिय खेलाडीलाई दिए रंगशाला पटक पटक बनाउन पर्ने भएको हुनाले राष्ट्रिय स्तरको खेलाडीलाई मात्र रंगशालामा खेल्न दिने गरेको अध्यक्ष शाहले बताए। शाहले भन्नुभयो, क्षेत्रिय खेलकुद विकास समितीको मातहतमा रहेका रंगशालाको संरचना लथालिङग रहेको जानकारी गराए । क्षेत्रिय खेलकुदको मातहतमा रहेका संरचना लगायत खेलाडीले प्रशिक्षण बापत लिने शुल्कको समेत कुनै चासो नरहेको अध्यक्ष शाहले भने ।अध्यक्ष शाहले भने,“जव सम्म स्थानिय स्तरमा खेलकुदको लागि वातावरण निर्माण गर्न सकिदैन तव सम्म कसरी राष्ट्रिय,अन्तराष्ट्रिय खेलाडि उत्पादन गर्न सकिन्छ ।”
00
हामीसँग जोडिनुहोस्
सिफारिस