मंगलबार बाँकेको नेपालगन्जबाट मुगु जादै गरेको छायाँनाथ रारा यातायात प्रा.लि. को भे १ख ३१६७ नं को यात्रुवाहक बसको टायर पञ्चर भई दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान बाट खुल्न आएको छ । ४६ जना यात्रु रहेका उक्त दुर्घटनामा परी ३२ जनाले ज्यान गुमाएका छन ।मंग्लवार दिउँसो १ बजे छायाँनाथ रारा नगरपालिका-७ पिना गाउँको तपने खोलामा बस दुर्घटनामा परेको थियो । पाँच सय मिटर जति तल खसेको थियो ।दुर्घटना भएको बसको चालक बस्ने साइडतिरको टायर पङ्चर भई बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको हो । उक्त दुर्घटनमा परेर १३ जना घाइते भएको प्रहरीले बताएको छ । दुर्घटना समयमा पिना चौकीको प्रहरी गस्ती घटनास्थल मुनि रहेको थियो । प्रहरी गस्तीले ठूलो आवाज आएको सुन्ने बित्तिकै बस भिरबाट खसेको देखेका र बसको अवस्था हेर्दा चालक तिरको टायर च्यातिएको देख्दा दुर्घटना अन्य कारण नभई टायर पङ्चर भएका कारण भएको अनुमान गरिएको छ ।