spot_img
Wednesday, February 12, 2025
Homeब्यानरमन्त्री अथकद्धारा बाँकेका १ सय ३७ जनाको ब्याज अनुदान फिर्ता

मन्त्री अथकद्धारा बाँकेका १ सय ३७ जनाको ब्याज अनुदान फिर्ता

spot_img

यूवा तथा साना व्यावसायी स्वरोजगार कोषले बाँकेमा ब्याज तथा अनुदान रकम वितरण गरेको छ । बुधबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले बाँकेका ४ वटा सहकारीका १ सय ३७ जनालाई ब्याज अनुदान रकम हस्तान्तरण गरेका हुन । बाँकेको कोहलपुरमा आयोजित ब्याज अनुदान वितरण कार्यक्रममा नेपालगन्जको गृहिणी बहुउद्धेश्यीय सहकारी संस्था, राप्तीसोनारीको सिद्धेश्वर बहुउद्धेश्यीय सहकारी संस्था तथा कोहलपुरका सृजना कृषि सहकारी संस्था र गंगा जमुना कृषि सहकारी संस्थामार्फत कर्जा लिएका १ सय ३७ जनालाई १८ लाख रुपौयाँ ब्याज अनुदान वितरण गरीएको हो ।
युवा तथा साना ब्यवसायी स्वरोजगार कोषबाट सहकारी मार्फत युवाहरुलाई आयआर्जन र स्वरोजगार गराउने उद्देश्यले प्रवाह गरेको ऋणको ब्याजमा ६० प्रतिसत स्वरोजगार कोषले फिर्ता गर्ने नीति अनुरुप ब्याज रकम फिर्ता गरिएको हो । कोषको अध्यक्ष समेत रहेका मन्त्री अथकले गृहजिल्ला (बाँके) बाट ब्याज रकम फिर्ता अभियान सुरु गरेका हुन । कार्यक्रममा बोल्दै मन्त्री अथकले युवा तथा महिलाहरुलाई स्वरोजगार बन्न आग्रह गरेका थिए । युवा तथा साना ब्यवसायी स्वरोजगार कोषमार्फत देशभरीका करीव ८१ हजार युवाहरु स्वरोजगार भएको उल्लेख गर्दै मन्त्री अथकले रोजगारसँगसँगै स्वरोजगारको उपाय अवलम्वन गर्न आग्रह गरेका थिए ।कार्यक्रममा बोल्दै उद्यमीहरुले स्वरोजगार कोषले कर्जामा समेत ब्याज अनुदान दिएको भन्दै खुसी ब्यक्त गरेका थिए । उनीहरुले यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाई युवाहरुलाई स्वदेशमै काम गर्ने वातावरण सिर्जना गर्न समेत अपिल गरेका थिए ।युवा तथा साना व्यावसायी स्वरोजगार कोषले बाँकेमा रहेका ७२ वटा सहकारी र २६ वटा बैक तथा बित्तिय संस्थाहरुसँगको सहकार्यमा ३६ करोड ५१ लाख बढि रकम लगानी गरेको कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले जानकारी दिए । कोषले बाँकेका ३ हजार ब्यक्तिलाई स्वरोजगार हुन मद्धत गरीरहेको अधिकारीले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

error code: 520