नेपाली कांग्रेस बाँकेका उपसभापति गोपाला अधिकारीले भाषण र भिड भन्दा जनताको मनमा बस्नका लागि आफ्ना कार्यकर्तालाई निर्देशन दिएका छन ।उपसभापति अधिकारीले अबको निर्वाचन जित्नका लागि भाषण र भिडमा जोड दिनु भन्दा जनताको घर दैलोमा पुगेर कांग्रेसका बारेमा स्थानिय वडाहरुमा नेपाली कांग्रेसका सम्र्पक कार्यालय उद्घाटनका क्रममा उक्त कुरा बताएका हुन । । उपसभापति अधिकारीले अबका दिनमा आफ्ना दैनिकी कामकारवाहीलाई थाती राख्दै जनताको माझमा पुगेर दैनिकी बाड्नु पर्ने बताए । पछिल्लो समय कांग्रेसका बारेमा निकै नराम्रो टिकाटिप्पणी भैरहेको विषयमा दुख व्यक्त गर्दै उपसभापति अधिकारीले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु सबैको घरमा पुग्नु पर्ने र जनताको दुख सुख बाड्ने पार्टिको रुपमा कांगे्रसलाई चिनाउनु पर्ने बताए । सबैले कांग्रेसको झण्डालाई माया गर्ने बातावरण बनाउन बाँके कांग्रेस नचुक्ने पनि बताए । जनताको माझमा नेपाली कांग्रेसको उपस्थिति अलि पातलो भएको विषय उठाउँदै उपसभापति अधिकारीले सबैलाई नेपाली कांग्रेसलाई नजिक बाट चिनाउनु पर्ने बताए । घरघर जाऔ कांग्रेस जिताऔ भन्ने सन्देश बोकेर बाँकेका सबै स्थानिय तहमा पुगी रहेको उपसभापति अधिकारीले स्थानिय निर्वाचनमा व्यक्ति मन नपरे पनि रुख हेर्नू पर्ने बताए ।उपसभापति अधिकारीले भने,“हरेक निर्वाचन हामी हाम्रो कारणले हार्ने गर्दछौ तर यस्तो हुन नहुने मेरो मान्यता हो ।” उपसभापति अधिकारीले आफुहरुलाई उपसभापतिमा विजय गराएकोमा धन्यवाद दिदै आफुले कांग्रेसको शिर नझुक्ने गरी काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका थिए । पछिल्लो समय बाँके कांग्रेस सबै स्थानिय तहका स्थानियहरुलाई भेट्ने क्रममा रहेको छ ।आसन्न निर्वाचनलाई लिएर पछिल्लो पटक कांग्रेस बाँकेको हकमा निकै सन्वेदनशिल चनाखो बनेको देखिन्छ ।
हामीसँग जोडिनुहोस्
सिफारिस