सिरहा जिल्ला लहान नगरपालिका–१९ कटहा चोकमा भारतबाट अवैध रुपमा भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको करिब ३ लाख ३९ हजार ८ सय ४० रुपैयाँ बराबरको २ सय २५ एमएलको १ हजार ६२ बोतल ‘लाइकोटोन’ औषधि सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा लहान नगरपालिका–१ बस्ने २२ वर्षीय शत्रुधन राम र बरियारपट्टि गाउँपालिका–५ बस्ने १८ वर्षीय किशोर रहेका छन् । प्रदेश २–०१–००१ ह ०६७३ नम्बरको टेम्पुलाई ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त औषधि फेला पारी औषधि ल्याउने किशोरलाई नगद ४३ हजार नेपाली रुपैयाँ र टेम्पु चालक शत्रुधनलाई ट्याम्पु सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
00