spot_img
Thursday, December 26, 2024
Homeब्यानरबाँकेमा ५ प्रतिशत घरधुरीमा अझै बलेन बत्ति

बाँकेमा ५ प्रतिशत घरधुरीमा अझै बलेन बत्ति

spot_img

पछिल्लो समय बाँके जिल्लालाई विद्युतमय बनाउने योजनाका साथ अगाडि बढेको भएता पनि अघिका दिनहरुमा भन्दा बिद्युत जाने तथा जिल्लका सबै घरधुरीमा विद्युत पुग्न सकेको छैन । नेपाल विद्युत प्राधिकरण नेपालगंज्का वितरण केन्द्रका अनुसार बाँके जिल्लाका अझै पनि ५ प्रतिशत घरधुरीहरु विद्युत सेवाबाट बञ्चित रहेका छन । बाँकेमा आठ स्थानिय तह रहेका छन जस मध्ये बाटो सुविधा भएता पनि जिल्लाको विकट मानिएको नरैनापुर गाउँपालिकामा अझै पनि पुर्ण विद्युत सेवा पुग्न सकेको छैन । यस्तै राप्ती सोनारी गाउँपालिका केही वडाहरुमा विद्युत पुगेको भएता पनि सबैघरले विद्युत जडान गर्न सकिरहेको छैन । यस गाँउपालिका बाहेक बाँकी सबै पालिकामा पालिकामा विद्युत सेवा पुगेको नेपालगञ्ज वितरण केन्द्रका प्रमुख दिवाकर प्याकुरेलले बताए ।
उनले भने, ‘बाँकेका ५६ हजार ८ सय ९६ घरधुरीमा विद्युत जडान गरीएको छ । जिल्लाका ९५ प्रतिशत घरधुरीमा विद्युतको पहुँच भएपछि जिल्लालाई पूणर् विद्युतिकरण जिल्ला घोषणाको तयारी रहेको छ ।’अबको दुई महिनामा नरैनापुर गाउँपालिकामा बाँकी रहेका गाँउका सवै घरमा विद्युत सेवा पुर्याउने लक्ष्य रहेको र त्यस पश्चात बाँकेलार्ई पूणर् विद्युतिकरण जिल्ला घोषणा गरिनेछ’ उनले भने ।
भारतबाट विद्युत आपूर्ती घटाउँदै प्राधिकरण
९५ प्रतिशत जनतालाई विद्युत पहुँच पुगे पछि पूणर् विद्युतिकरण घोषणा गर्न सकिने प्रावधान रहेको जानकारी दिदैँ प्याकुरेलले भारतबाट विद्युत आपूर्ती घटाउँदै लगेको बताए ।सुखा मौसममा मात्र भारतबाट विद्युत आपूर्ती गरिएको उनले जानकारी दिए । फाल्गुनमा भारतीय विद्युत प्रयोगमा नआएको प्राधिकरणको तथ्यांकले देखाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.