spot_img
Monday, January 13, 2025
HomeUncategorized‘पैसाको लागि अरुलाई हिलो छ्याप्ने प्रवृत्ती समाजमा हावी भइरहेको छ’ ः मन्त्री...

‘पैसाको लागि अरुलाई हिलो छ्याप्ने प्रवृत्ती समाजमा हावी भइरहेको छ’ ः मन्त्री कुर्मी

spot_img

लुम्बिनी प्रदेशका मन्त्री बादशा कुर्मीले पैसाको लागि अरुलाई हिलो छ्याप्ने र आफ्नो स्वार्थ सिद्धि गर्ने प्रवृत्ती समाजमा हावी भइरहेकोमा चिन्ता प्रकट गरेका छन् । निर्मला कुर्मी प्रकरणमा निराधार आरोप लगाएर आफुमाथी ब्यक्तिगत रिसिबी साँध्न खोजिएको उनले बताए ।

नेपाल प्रेस युनियन बाँकेले गरेको सम्मान कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उनले भने, ‘म दोषी हुँ भने मलाई जेल होईन, फाँसी हुनुपर्छ, म दोषी कही कतै छैन, म माथी अनावश्यक दोष लगाउने काम भएको छ ।’ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ निवासी कुर्मीलाई निर्मला प्रकरणमा जोडेर रुबी खानले आन्दोलन गर्दै आएकी छन् ।

मन्त्री कुर्मीले रुबीले आफुसँग पैसा मागेको र पैसा नदिदाँ निराधार आरोप लगाएर आन्दोलन गर्दै आएको बताए । ‘मसँग पैसा माग्ने, मैले पैसा नदिने अनि त्यसैको लागि आन्दोलन गर्ने, यस्तो पनि गरेर हुन्छ,’ मन्त्री कुर्मीले भने ‘मैले आफ्नो घर परिवारलाई अन्याय गरेको छु, मैले छोरा छोरीको भाग पनि यही राजनीतिमा खर्चेको छु, त्यसैले मलाई लोभ छैन, लालच छैन । देश र समाजको लागि गरौं भनेर त्यसको लागि राजनीति गरेको हुँ ।’

आफु परस्पुर गाविस अध्यक्ष हुँदा देखी नै रुबी खान पछाडी लागेर मुद्दा मामिला गर्दै आएको उनले सुनाए । आफु दोषी देखिएको भए उहिल्यै कानुनी सजाय भोगिसक्ने बताउँदै कुर्मीले भने, ‘म जतिको अनुसन्धान कसैको भएकै छैन, चार पटक सिआईबीले म माथी अनुसन्धान गरिसकेको छ, अन्तिममा २०७९ साल माघ महिनामा एसएसपी स्तरको कमाण्ड टोलीले पनि त्यो बेला महान्यायधिवक्ता कार्यालयका प्रतिनिधी राखेर अनुसन्धान गरेको हो, निर्मला कुर्मीको बिबाह भएको भारतसम्म पनि पुगेर छानविन गरेर आएको हो, मेरो संलग्नता नै छैन भने एकोहोरो बोलेर मात्रै हुदैन ।’

देशमा कानुन छ भने अर्काको चरित्र हत्या गर्ने ब्यक्तिमाथी कानुनी कारबाही हुनुपर्ने मन्त्री कुर्मीको माग छ । सम्मान कार्यक्रम नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको सभापतित्वमा सम्पन्न भएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.