spot_img
Wednesday, January 15, 2025
Homeब्यानरपत्रकार महासंघमा नवनिर्वाचित पदाधिकारीलाई कांग्रेस बाँकेको बधाई

पत्रकार महासंघमा नवनिर्वाचित पदाधिकारीलाई कांग्रेस बाँकेको बधाई

spot_img

नेपाली कांग्रेस बाँकेले नेपाल पत्रकार महासंघमा नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गर्दै सम्मान गरेको छ । मंसिर २८ गते सम्पन्न निर्वाचनबाट केन्द्र, प्रदेश र जिल्लामा निर्वाचित भएकाहरुलाई कांग्रेस बाँकेले अबिर, माला र खादा लगाई सम्मान गरेको हो । सभापति नारायणप्रसाद गौडेलको सभापतित्व एवम् केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नवनिर्वाचित प्रदेश र जिल्ला कार्यसमिति तथा केन्द्र र प्रदेश पार्षदलाई बधाई ज्ञापन गर्दै सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य बाल्मिकीले नवनिर्वाचित टिमले पत्रकारका पक्षमा उत्कृष्ट काम गर्ने विश्वास ब्यक्त गरे । उनले स्थानीय सरकारहरुले गरेका राम्रा कामहरुको बारेमा पत्रकारहरुले कलम चलाउनुपर्नेमा जोड दिए । सभापति गौडेलले कांग्रेस पत्रकारहरुसंग संगसंगै रहेको भन्दै आफ्नो पार्टीका बारेमा पनि स्वस्थ आलोचना गर्न आग्रह गरे । नवनिर्वाचित टिम जुझारु देखिएको बताउँदै उनले अब्बल सावित गर्न उत्कृष्ट कार्य सम्पादनका लागि सुझाब दिए ।

नेपाल पत्रकार महासंघ बाँके शाखाका नवनिर्वाचित अध्यक्ष नवीन गिरीले पत्रकारको हकहित संरक्षण र व्यवसायिक सुरक्षामा खरो उत्रिने बताए । नयाँ पत्रकार उत्पादन गर्न तालिम सञ्चालन गर्ने बताउँदै उनले नयाँ पुस्तालाई पत्रकारितातर्फ आकर्षित गर्न विशेष ध्यान दिने उल्लेख गरे । उनले पत्रकारिता कर्मलाई सबै पत्रकारले इमान्दारपूर्वक निभाउनुपर्नेमा जोड दिए । गिरीले महासंघको उचाई बढाउने गरी काम गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा नेपाल प्रेस युनियनका नेता एवम् नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष निरज गौतम, नेपाल प्रेस युनियन बाँकेका उपाध्यक्ष कमल खत्रीले महासंघको गरिमा र महिमा बढाउने गरी काम गर्न नवनिर्वाचित टिमलाई सुझाब दिए । उपसभापति गोपालप्रसाद अधिकारीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गरेका थिए । कार्यक्रममा उपसभापति कृष्णबहादुर कार्की, कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, सहसचिव रेनुसिंह ठाकुर, प्रबक्ता डिल्ली गिरी, नेतृ उमा थापा मगर लगायतको उपस्थिति थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.