नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्व प्रधानमन्त्री स्वर्गिय गिरिजाप्रसाद कोइरालाको ९९ औं जन्मजयन्तीको अवसरमा बाँकेमा विविध कार्यक्रम गरिएको छ । जन्मजयन्तीको अवसरमा नेपाल विद्यार्थी संघ बाँकेले शनिबार बिहान स्थानीय भेरी अस्पतालका बिरामीलाई फलफूल वितरण गर्यो ।
नेविसंघ बाँकेका कार्यबाहक अध्यक्ष चक्र रावतका अनुसार अस्पतालमा उपचार गराइरहेका करिव ३५ जना बिरामीलाई फलफूल वितरण गरिएको हो । सो क्रममा कांग्रेस बाँकेका कार्यवाहक सभापति गोपालप्रसाद अधिकारी, नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, कांग्रेस लुम्बिनी प्रदेश समिति सदस्य कृष्ण सापकोटा(चौधरी), जिल्ला सचिव सुधांशु कोइराला, क्षेत्र नम्बर २ का सभापति रमेशकुमार गुप्ता, नेपाल ट्रेड युनियन कांग्रेस बाँकेका सचिव तोजिन्द्र बि।क, नेपाल तरुण दल नेपालगन्ज नगर सभापति सन्दीपजंग शाह, नेपाल बिद्यार्थी संघका रमेश तिमिल्सेना, चेतनारायण शर्मा, नेविसंघ नगर सदस्य सुकराम चिडीमार लगायतको उपस्थिती रहेको थियो ।
00