नेपालगंज उद्योग वाणिज्य संघ बाँकेले आफ्नो ३२ औ र ३३ औ साधारण सभा शनिबार सम्पन्न गरेको छ ।संघका अध्यक्ष टंक बहादुर धामीको अध्यक्षता तथा नेपाल सरकारका उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यता तथा लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला एवं कानुन मन्त्री आदेशकुमार अग्रवालको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै मन्त्री भण्डारीले व्यवसायीहरु सकारात्मक हुनु पर्ने बताउँदै भने,‘हामी सधै खुला सिमा भयो ,हाम्रो व्यवसाय सुक्यो भनेर चिन्ता मात्रै गर्छौ,यसमा किन यस्तो नेपालमा भएका विभिन्न जडिबुटि लगायतका विषयलाई किन प्रचारमा ल्याउन सक्दैनौ,यही नेपालबाट गएका चिज विदेशमा गएर महंगोमा विक्री हुन्छ,समस्य छ तर त्यसको समाधानको बाटाहरु पनि रहेका छन ।’ यस्तै कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरीएको थियो ।सम्मानित हुनेमा पत्रकारद्धय नविन गिरी,कृष्णराज अधिकारी,नेपालगंजका युवा व्यवसायी आदित्य गुप्ता लगायत रहेका छन ।यसैगरी संघले आफुले गरेका क्रियाकलापहरुको दस्तावेजका रुपमा प्रकाशान गरेको किताब समेत विमोचन गरेको थियो । संघका महासचिव भिम रानाभाटले सहजीकरण गरेको कार्यक्रममा विभिन्न वक्ताहरुले नेपालगंजको समग्र विकास गर्नका लागि सम्वन्धित निकायहरु सक्रिय बन्नु पर्ने विषयमा केन्द्रित रही बोलेका थिए भने संघको आर्थिक प्रतिवेदन संघका कोषाध्यक्ष मख्खन बहादुर धामीले र सांगठानिक प्रतिवेदन महासचिव रानाभाटले प्रस्तुत गरेका थिए ।