Post Views: 205
भक्तपुर –भक्तपुर नगरपालिका–२ व्यासीबाट सूर्यविनायक बस्ने सिन्धुपाल्चोक लिसंखु पाखर गाउँपालिका–१ घर भएका ३१ वर्षीय जिवन तामाङलाई नियन्त्रित लागूऔषध ४७ एम्पुल डाईजेपाम, ४७ एम्पुल फेनारगनर ४७ एम्पुल नुर्फिन सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । बा.९६ प ५२४७ नम्बरको स्कुटरमा सवार जिवनलाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।











