spot_img
Monday, January 13, 2025
Homeखेलकुदनरैनापुरमा भलिवल प्रतियोगिता सम्पन्न प्रतियोगितामा नमुना युवा क्लबको वर्चश्व

नरैनापुरमा भलिवल प्रतियोगिता सम्पन्न प्रतियोगितामा नमुना युवा क्लबको वर्चश्व

spot_img

बाँके जिल्लाको नरैनापुर र सृजनशिल किशोरी क्लबको आयोजना तथा नरैनापुर गाउँपालिका, स्याक नेपाल र प्लान ईन्टरनेशनल नेपालको सहयोगमा जय किसान मा.वि.को प्राङ्गणमा विजया दशमीको अवशरमा आयोजित खुला भलिबल प्रतियोगिता नमुना युवा क्लबले खुला तथा किशोरी तर्फ जित हाशिल गरेका छ ।
त्यसै गरि खुला तर्फबाट दोश्रो स्थानमा जय किशान मावि र तेश्रो स्थानमा बघौडा भलिवल क्लबले जित हाशिल गरेको छ । त्यसै गरि किशोरी तर्फ प्रथम नमुना युवा क्लब, दोश्रो स्थानमा सृजनशिल किशोरी क्लब र तेश्रो स्थानमा प्रगतिशिल किशोरी क्लबले हात पार्न सफल भएको छ । विजयी टिम प्रथम,दोश्रो र तेश्रो हुनेले क्रमशःःनगद रु।५०००।– ४०००।–, ३०००।–र प्रमाण पत्र प्राप्त गरेका थिए ।
सो भलिवल प्रतियोगिताको समापन कार्यक्रमको प्रमुख अतिथि नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तीयाक अहमद शाहले नगद पुरुस्कार र प्रमाण पत्र वितरण गर्नु भएको थियो । प्रमाण पत्र वितरण गर्नु हुदै शाहले नरैनापुरमा २ वटा रंगशाला निर्माण गरिने जानकारी दिए । अहिले युवा तथा खेलकुद मन्त्री यसै क्षेत्रको भएको हुदाँ खेलकुदको विकास हुुनेमा ढुक्क भएका समेत बताउनुभयो । साथै स्थानीय युवा अरुण यादव र नरहरि योगीले नरैनापुरको समग्र विकासको लागि युवा तथा खेलकुद मन्त्रीसंग दशै पछि भेटघाट गरिने बताउनुभयो ।

नरैनापुर गाउँपालिका अध्यक्ष इस्तीयक अहमद शाहसंग खेलाडि लगायतले सामुहिक तस्विर खिचाउँदै

सो भविबल प्रतियोगितामा तीन वटा विद्यालय, तीनवटा क्लब सहित छ वटा टीमको महिला र पुरुष गरि जम्मा नौ वटा समूहमा प्रतिस्पर्धा गरेका छन् । जसमा महेन्द्र मा।वि। मटेहिया ,जय किसान मा।वि।भोजपुर, आदर्श मा।वि।लक्ष्मणपुर,नमुना युवाक्लब कोहला र बघौडा युवा क्लब,लक्षणपुर र आयोजक सृजनशील किशोरी क्लब रहेका थिए ।
सो खेलमा तिर्थराम मौर्य र नरहरी योगीले रेफ्रीको भुमिका निभाएका थिए । सो कार्यक्रम सृजनशील किशोरी क्लब नरैनापुरका अध्यक्ष अन्जली बोहराको अध्यक्षतामा सम्पन्न भएको थियो । नरैनापुर गाउँपालिकाका किशोरीहरुलाई खेलकुदमा अघि बढ्न थप हौशला प्रदान गर्न गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतको बिशेष पहलमा नरैनापुर गाउँपालिकामा विभिन्न खेलको आयोजना गरिएको अरुण यादवले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.