घोराही सिमेन्ट इन्डस्ट्री,नेपालले नवीनतम उत्पादन‘ढलाई मिक्स सिमेन्ट’बजारमा ल्याएको छ । नेपाली बजारमा यस प्रकारको सिमेन्ट पहिलो पटक ल्याएको बाँकेको नेपालगंजमा आयोजित एक पत्रकार सम्मेलन मार्फत कम्पनीले जानकारी दिएको छ । ‘ढलाई मिक्स पी.पी.सिमेन्ट‘ गहिरो अनुसन्धानको परिणाम भएको र विशेषत व्यक्तिगत घर निर्माणकर्तालाई लक्षित गरेको कम्पनीका बजार प्रमुख आदित्य सराफले जानकारी दिएका छन । प्रमुख सराफका अनुसार ढलाइ मिक्स पी.पी.सी सिमेन्टू गहिरो अनुसन्धानको परिणाम हो, जसले विशेषत व्यक्तिगत घर निर्माणकर्तालाई लक्षीत गरेको छ भने यो उत्पादनले प्रारम्भिक मजबुती, उच्च टिकाउपन र छिटो सेट हुने गुण प्रदान गर्छ, जसले घरका बिम, स्ल्याब, जग, र पिल्लरको निर्माणलाई सुरक्षित, गुणस्तरीय र भरपर्दो बनाउने समेत विश्वास रहेको छ । यस्तै घर निर्माणमा उच्च गुणस्तरीय संरचनात्मक मजबुती र लगानीको अधिकतम प्रतिफल प्राप्त गर्ने विश्वास निर्माणकर्तामा दिलाउने र गुणस्तरमा सम्झौता गर्नुपर्ने आर्थिक बाध्यता र निर्माण सम्बन्धी जानकारीको कमीलाई दृष्टिगत गर्दै घोराही सिमेन्ट इन्डस्ट्रीले यस उत्पादनको निर्माण गरेको हो।ढलाइ मिक्स पी.पी.सी सिमेन्ट मार्फत, घोराही सिमेन्ट इन्डस्ट्रीले घर निर्माणकर्तालाई ओ.पी.सी सिमेन्टको मजबुतीका साथ, मुल्यमा कम्तिमा १० प्रतिशत कम दरमा उपलब्ध गराउँदै सपनाको घर निर्माण गर्न सक्षम बनाउनने लक्ष्य लिएको छ। ढलाइ मिक्स सिमेन्टको आगमनसँगै, इन्डस्ट्रीले नेपालको दिगो र नवप्रवर्तनशील निर्माण अभ्यासलाई अझ सशक्त समर्थन प्रदान गर्ने आफ्नो मिशनलाई निरन्तरता दिएको र इन्डस्ट्रीले आफ्ना ग्राहक र राष्ट्रका लागि प्राविधिक तथा व्यावसायिक सेवामा उत्कृष्टता प्रदान गर्दै, निर्माण उद्योगमा उचित अभ्यासहरू स्थापना गर्नमा अनुसन्धान साझेदारको भूमिका निभाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।