Post Views: 208
ललितपुर –गोदावरी नगरपालिका–१२ तरङ्गखेलस्थित प्रदिप थापा मगरले गोदामको लागि भाडामा दिएको घर पछाडि रहेको करेसाबारीमा तेह्रथुम संक्रान्ति गाउँपालिका–२ ठेगाना भएका ६२ वर्षीय मोहन प्रसाद लिम्बुको शव गाडिएको अवस्थामा बिहीबार साँझ फेला परेको छ । गत माघ १२ र १३ गते मोरङ धनपालथान गाउँपालिका–७ कमलपुरस्थित सुनसरी धरान नगरपालिका–३ बस्ने राजेन्द्र श्रेष्ठ र सप्तरी सिंगझुडी गाउँपालिका–४ बस्ने शम्भु चौधरीको गाडीएको अवस्थामा शव फेला परेको घटनाको अनुसन्धानको क्रममा मोहनको शव उक्त स्थानमा फेला परेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।











