spot_img
Wednesday, February 5, 2025
Homeब्यानरएमालेको डुडुवा वडा नं. ६ मा बृहद भेला सम्पन्न

एमालेको डुडुवा वडा नं. ६ मा बृहद भेला सम्पन्न

spot_img

बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियामा नेकपा एमालेले शनिवार कार्यकर्ता भेला गर्नुका साथै वडास्तरीय सम्पर्क कार्यालयको उदघाटन गरेको छ ।

नेकपा एमाले डुडुवा गाउँपालिका वडा नं. ६ को आयोजनामा केन्द्रीय निर्णयानुसार वडास्तरीय सम्पर्क कार्यालयको उदघाटन गरिएको हो । वडा कमिटिका अध्यक्ष ओरीलाल मुराउको अध्यक्षतामा भएको कार्यक्रममा करीब ४ सय जनाको सहभागिता रहेको थियो ।

एमाले केन्द्रीय सदस्य मो.हारुन हल्वाईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै एमाले बाँकेका अध्यक्ष एवं खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले स्थानीय तहको विकास मात्र एमालेले गर्नसक्ने बताए ।

यस्तै केन्द्रीय सदस्य पशुपति दयाल मिश्रले एमालेको स्थानीय सरकार रहेको ठाउँको विकास र अन्य पार्टीका सरकार रहेको ठाउँको विकासमा जमीन आकाशको फरक रहेको बताए ।

कार्यक्रममा संघीय समाजवादी पार्टीबाट २०७४ को चुनावमा वडा सदस्यका उम्मेदवार बुद्धिमान कुर्मीले पार्टी प्रवेश गरेको डुडुवा गाउँपालिका वडा नं.६ का अध्यक्ष मोहनराम मिश्रले जानकारी दिए ।

कार्यक्रममा एमाले बाँकेका जिल्ला सदस्यहरु मो. सगीर खाँ, अशोक थापा, विष्णु माया न्योपाने, बिराउन शेष, कुस्मा देवी यादव, नगर अध्यक्ष दत्त प्रसाद आचार्य, एमाले डुडुवाका अध्यक्ष शकील खाँ, प्रदेश कमिटि सदस्य अकरम अन्सारी, एमाले नेता सत्यनारायण बर्मालगायतले सम्बोधन गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

error code: 521