अनेरास्वीयु महेन्द्र बहुमुखी क्याँम्पस ईकाई कमिटिले विद्यार्थीहरुको सेवाका लागि विद्यार्थी सहायात कक्ष स्थापना गरेको छ । मध्ये र सुदुरपश्चिमको ठुलो क्याम्पसको रुपमा परिचित हुदै आएको महेन्द्र बहुमुखी क्याम्पसमा आउने विद्यार्थीहरु क्याम्पसले दिने सेवा सुविधाका विषयमा धेरै नै अलमलमा पर्ने भएको हुदा विद्यार्थी सहायता डेक्स संचालनमा ल्याईएको महेन्द्र बहुमुखी क्याम्पस इकाई कमिटिका अध्यक्ष माधव खत्रीले जानकारी दिए ।यो कार्यक्रम पहिलो नभएको हुदाँ यस्ता प्रकारका कार्यक्रमहरु गर्दै आएको अनेरास्वीयुका जिल्ला सचिव प्रकाश विश्वकर्माले जनाकारी दिए । यसैगरी क्याम्पसमा पढ्न पाउने सुविधा,लाग्ने शुल्क लगायतका विषयमा विद्यार्थीहरुलाई जानकारी नहुदाँ पछिल्लो समय क्याम्पसमा विद्यार्थीहरुको संख्यामा समेत कमि आएको हुदाँ यस प्रकारको काम गर्नु पर्ने उपाध्यक्ष कल्पाना थापा बताउँछिन ।
हामीसँग जोडिनुहोस्
सिफारिस