spot_img
Friday, June 13, 2025
HomeUncategorizedअनलाइन टीभी पत्रकार संघ नेपाल प्रदेश अध्यक्षमा अधिकारी

अनलाइन टीभी पत्रकार संघ नेपाल प्रदेश अध्यक्षमा अधिकारी

spot_img


अनलाइन टीभी पत्रकार संघ नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा कृष्णराज अधिकारी निर्विरोध निर्वाचित हुनु भएको छ । अनलाइन टीभि पत्रकार संघ नेपाल लुम्बिनी प्रदेशको सोमबार नेपालगन्जमा सम्पन्न प्रथम भेलाले अधिकारीको अध्यक्षतामा ११ सदस्सिय कार्यसमिति चयन गरको हो । जसको बरिष्ठ उपाध्यक्षमा दिपक न्यौपाने ,उपाध्यक्षमा रञ्जित शाह,सचिवमा साबित्री गिरी ,सहसचिवमा मन बहादुर सहकारी र कोषाध्यक्षमा भावना बुढा मल्ल निर्वाचित हुनु भएको छ । यस्तै सदस्यहरुमा चन्द्रेश्वर त्रिपाठी ,इरफान अली ,कुशल बिक र स्वेता गिरी निर्वाचित हुनुभएको छ । ११ जना कार्यसमिति मध्ये १ जनालाई नयाँ कार्यसमितिको बैठकले मनोनित गर्ने जनाएको छ ।
कार्यसमिति चयन अगाडी डिजीटल एआईको प्रयोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम तथा अधिवेशन उदघाट्न कार्यक्रम गरीएको थियो । अनलाइन टिभि पत्रकार संघका केन्द्रीय प्रतिनिधि रोहित लिम्बूको अध्यक्षतामा भएको उदघाट्न कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले यो समय डिजिटल मिडियाको भएकाले अवको दिनमा डिजिटल मिडियामा कार्यरत पत्रकारहरुको क्षमता विकास लगायतका कार्यक्रमको लागि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । साथै मेयर विष्टले अनलाइन टिभी मार्फत आउने बिषयबस्तुलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको सुझाव दिए ।
कार्यक्रममा विशिष्ठ अतिथि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले डिजिटल मिडियामा एआईको प्रयोग हुनु राम्रो कुरा बताए । यस्तै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले लुम्बिनी प्रदेशले डिजिटल मिडियामा कार्यरत पत्रकारका लागि तालिम संचालन गरीरहेको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई प्राथमिकता दिइने बताए । यस्तै नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले आजको युग डिजिटल पत्रकारिताको युग भएकाले अनलाइन टिभी पत्रकार संघले गरीरहको कार्यलाई सबै पत्रकार माझ पुराएर पत्रकार आचारसंहिता बारे जानकारी दिन सुरु गरेको यो अभियानको प्रशंशा गरे ।
कार्यक्रममा एआई प्रयोग बारे तालिमको सहजिकरण गरेका अनलाइन टीभि पत्रकार संघका केन्द्रीय अध्यक्ष जीवन भण्डारीले एआईको प्रयोग गरेर पत्रकारिता गरेमा समयको बचत हुनुका साथै पत्रकारको कामको गुणस्तर राम्रो हुने बताए। केन्द्रिय अध्यक्ष भण्डारीले देशब्यापी रुपमा अनलाइन टिभीमा कार्यरत पत्रकारहरुलाई पत्रकार आचारसंहिता बारे जानकारी गराउदै डिजिटल मिडियाका सामाग्रीहरुलाई थप परिस्कृत बनाउने अभियानमा देशब्यापी दौडाहामा रहेको बताए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक राजकुमार जीटी,क्रियाशील पत्रकार महिला बाँकेका अध्यक्ष सावित्री गिरी लगायत बाँके ,बर्दिया,रुपन्देही,पाल्पा, दाङ लगायत सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका अनलाइन टिभिमा कार्यरत पत्रकारहरुको ६० बढी पत्रकारहरुको सहभागिता रहेको थियो ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here